साउन २४, काठमाडौं – सुनको बजार भाउ दिनकै बढेको छ । हरेक दिन नयाँ रेकर्ड रहन गएको छ ।
सुनको भाउ तोलाको ७० हजार पुगेपछि सुन किनेर गहना बनाउन खोजनेहरु अलमलमा परेका छन् ।
हरितालिका तीज नजिकै गर्दा गरगहना किन्नेहरुको ठूलो भीड यसपाली ह्वात्तै घटेको छ ।
अन्तर्रा्ष्ट्रिय बजारमै सुनको भाउ बढेपछि सुन किन्ने तयारी गरिरहेका महिलाहरु भीड हराएको हो ।
अन्तर्रा्ष्ट्रिय बजारमा आएको उतार चडावले सुनको नेपाली बजार प्रभावित भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
गत मंगलबार प्रतितोला ६८ हजारमा कारोबार भएको छापावाल सुन बुधवार एकैपटक १ हजार ५ सय रुपैयाँ बढेर तोलाको ६९ हजार ५ सय रुपैयाँ पुगेको थियो । बिहीबार भने ५ सय रुपैयाँले मूल्य बढेर प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ ।
साउनको सुरुवातदेखि नै सुनको मूल्य बढिरहेको छ । चीन र अमेरिका बिचको व्यापार युद्धका कारण लगातार सुनको मूल्य बढेको हो । यसको प्रभाव युरोपियन र एसियन दुवै बजारमा देखिएको यसका विज्ञहरु बताउछन् ।