साउन २२, काठमाडौं –तोकेको समयमा काम सम्पन्न गर्न नसकेपछि सरकारले रमण–पप्पु कन्स्ट्रक्सन जेभीको अन्य ठेक्का खरिद प्रक्रियामाथी रोक लगाएको छ ।
१० अर्ब रुपैयाँको ठेक्का पाएको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको काम निर्धारित समयमा नसकेपछि सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जेभीको अन्य ठेक्का पट्टामा रोकेको हो ।
मंगलबार जारी सूचनामा सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभीलाई कालोसूची सम्बन्धी प्रक्रिया नटुंगएसम्म सार्वजनिक खरिद प्रक्रिया रोकिने जनाएको छ ।
सम्झौता बमोसजिक हुलाकी सडकमा काम नसकेपछि रमण–पप्पु जेभीलाई हुलाकी सडक निर्देशनालयले कालोसूचीमा राख्न माग गरेको थियो ।
सार्वजनिक खरिद नियमावली बमोजिम हुलाकी सडक निर्देशनालयको माग अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उक्त ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने कि नराख्ने भन्ने निर्णय हुनेछ ।
यता रमण–पप्पु जेभीलाई कालोसूचीमा राख्ने निर्देशनालको निर्णय प्रति ठेकेदार कम्पनीले सर्वोच्चमा मद्दत मागेको थियो ।
रमण कन्स्ट्रक्सन कालोसूचीमा पर्ने निश्चित भएपछि एकसाता अघि ६ अर्ब १६ करोड रुपैयाँमा हेड वक्र्स र पावरहाउस निर्माणका लागि ठेकेदार कम्पनी र आयोजनाबीच भएको सम्झौता अन्यौलमा पर्ने देखिएको छ ।
राष्ट्रिय गौरवको रुपमा लिईदै आएको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको भविष्य पनि अन्योल परेको छ । अघिल्लो साता रमणले चीनको ग्वाङ्डोन–युनाटियन कम्पनीसँगको ज्वाइन्टभेन्चरमा भेरी–बबईको ठेक्का हात पारेको थियो।
भेरी–बबई आयोजना कम समयमा छिटो सुरुङ निर्माणको काम सम्पन्न गरेको आयोजना हो । चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले एक वर्ष नवित्दै भित्रै करिब १२ किमी लामो सुरुङ निर्माणको काम सकाएको गरेको थियो ।
तर कालोसूचीमा परेपछि उक्त ठेकेदार कम्पनीले भेरी–बबईमा काम गर्न पाउने कुनै निधो छैन । एकसाता अघि गरिएको सम्झौतामा चार वर्षमा आयोजनाको हेड वक्र्स र पावर हाउस निर्माण गर्ने लेखिएको छ ।