साउन २२,काठमाडौं – नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारवाही गरेको छ ।
विभागको बुधबार बसेको बैठकले नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी सिमेन्ट उद्योग प्रालि सुनसरी, चितवन सिमेन्ट उद्योग प्रालि नवलपरासी र नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालि भैरहवालाई कारवाही गरेकोे हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले चारवटै सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्ट नेपाल गुणस्तर अनुसार नभएकोले कारवाही गरेको बताए । कारवाही गरिएकामध्ये मोरङको नेपाल अल्ट्राटेक सिमेन्ट बिक्री वितरण रोक लगाउदै स्पष्टीकरण माग गरिएको छ ।
यस्तै नवलपरासीको चितवन सिमेन्टको इजाजतपत्र रद्द गरिएको छ । नेपाल अम्बुजा सिमेन्ट भैरहवाको इजाजतपत्र स्थगन गरिएको छ । सुनसरीको जानकी सिमेन्टको बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ ।