साउन २१, काठमाडौं – पेट्रोल, डिजेल र मटितेलको भाउ बढ्दा खाना पकाउने एलपी ग्यासको भाउ घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो ।
पेट्रोल लिटरको १ रुपैयाँ र डिजेल, मटितेलमा ५० पैसा मात्रै बढेको छ भने,
एलपी ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ ।
बढेको पेट्रोलको मूल्य अब १०९ रुपैयाँ प्रतिलिटर, डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । सिलिन्डर ग्यासको १ हजार ३७५ रुपैयाँ मुल्य पर्ने छ ।
हवाई ईन्धनको खुद्रा विक्री मूल्यमा घटबढ केही भाको छैन ।