साउन २१, धनगढी – धनगढीमा आफैले बोकेको बम विस्फोटमा घाईते विप्लव समुहका कार्यकर्ता उपचारपछि डिस्चार्जका क्रममा पक्राउ परेका छन् ।
मंगलबार वडा प्रहरी कार्यालय धनगढीको टोलीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै घाइते भएका लक्ष्मण सरेलालाई पक्राउ गरेको हो ।
डिस्चार्ज भई ह्विलचियरमा बसेर घर फर्कन लागेका वेला प्रहरीले नियन्त्रणमा लिई गाडीमा राखी लगेको जिल्ला प्रहरी कार्यालय, कैलालीले बताएको छ ।
उनी गत साउन २ धनगढी उपमहानगरपालिका–३, सहीदगेट नजिकै आफैंले बोकेको शक्तिशाली बम विस्फोट भएर घाइते भएका थिए । बम विष्फोटमा परी सरेला सहित घाइते ४ जना मध्ये राम सिंहको भने मृत्यु भएको थियो ।