साउन २१, काठमाडौ – गलकोट नगरपालिका–११ रिघा फेंदीमा मंगलवार बिहान खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध बनेको छ ।
पहिरोले जिल्लाको पश्चिम भेगको यातायात सेवा समेत प्रभावित भएको छ ।
वडाध्यक्ष डम्बर श्रीसले लोकमार्ग खुलाउन प्रयास भइरहेकोे बताए । पहिरोले अवरोध सिर्जना गरेपछि लोकमार्ग हुँदै लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीचमै रोकिएका छन् ।
उता, बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा बाढीले लोकमार्गमा क्षति पु¥याएपछि सोमबारदेखि नै यातायात सेवा प्रभावित बनेको छ ।
त्यहाँ वैकल्पिक सडक सञ्चालनका लागि तयारी भइरहेको छ ।