साउन २१, काठमाडौ – निजामति सेवाका ३ सचिवले आजदेखी अवकास पाउदैछन् ।
अवकास लिनेहरुमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अर्जुनकुमार कार्की, खानेपानी मन्त्रालयका दीपेन्द्रनाथ शर्मा र वरिष्ठ सचिव विष्णु लम्साल रहेका छन् ।
०७१ साल साउनमा सचिवमा बढुवा भएका उनीहरु उमेर हदका कारण अवकास हुन लागेका हुन् ।
कानुनी व्यवस्था अनुसार विशिष्ट श्रेणीमा पदोन्नति भएको ५ वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकास लिनुपर्ने छ ।
अवकास हुन लागेका कार्की र शर्माको मन्त्रालयमा सचिव पद खाली हुनेछ
यद्यपी वरिष्ठ सचिव विष्णु लम्साल सचिवबाट बिदा भए पनि मन्त्रिपरिषद् बैठकले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशकमा नियुक्ति गरेको छ । उनको त्यहाँ २ वर्षको कार्यकाल हुनेछ ।