वन तथा वातावरण मन्त्री बस्नेत र मन्त्रालयका सचिव ओलीले गरे करार सम्झौतामा हस्ताक्षर

साउन २१, काठमाडौं –वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले वार्षिक करार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेत र सचिव ओलीबीच सम्झौता भएको हो । त्यसैगरी मन्त्री बस्नेतसँग १४ सहसचिवहरुको पनि सम्झौता भएको छ ।

मन्त्री बस्नेतले मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममुखी काम गर्न कर्मचारीलाई निर्देशन दिएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधी भट्टले बताए ।

मन्त्री बस्नेतले काम गर्दा सबैले सुशासनलाई प्राथमिकतामा नराखे सरकारको लक्ष्य पूरा नहुने बताए ।

प्रधानमन्त्रीले मन्त्रीसँग र सचिवले सहसचिव तथा विभागीय प्रमुखहरुसँग करार सम्झौताको नीति सरकारले ल्याएर दण्ड र पुरस्कारको व्यवस्था पारदर्शी बनाउन खोजेको मन्त्री वस्नेतले उल्लेख गरे ।

सरकारले मन्त्रीहरुसँग गरेको कार्यसम्पादन सम्झौताले मन्त्रीहरुलाई र कर्मचारीलाई अनुशासित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

कार्यसम्पादन सम्भौतामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले निर्धारण गरेका योजनाहरुलाई समेटिएका छन् ।

कार्यक्रममा सचिव ओली र १४ सह(सचिवहरुले पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् । अब प्रत्येक महिनामा कार्यप्रगतिबारे जानकारी लिने दिने काम हुनेछ ।