संसदको अवरोध हटाउन नेपाली कांग्रेस र राजपा सहमत

साउन २०, काठमाडौं – सर्लाही घटनालाई लिएर संसद अवरुद्ध गर्दै आएका  नेपाली कांग्रेस र राजपाले अब अवरोध नगर्ने भएका छन् ।

सोमबार बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएपछि उनीहरु संसदको अवरोध हटाउन सहमत भएका हुन् ।

केही समयदेखी उनीहरु सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठनको माग माग गर्दै संसदमा अवरोध सिर्जना गर्दै आएका थिए ।

तर संसदीय बैठकमा पुनश्च दोहरिने गतिरोध अन्त्यका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय विशेष समिति गठन गर्ने पनि सहमति भएको छ ।