चिनिया नागरिकले हङकङबाट ल्याएको ४ केजी सुन बरामद

साउन २०, काठमाडौं — त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ केजी सुन बरामद भएको छ । हङकङबाट आएको ड्रागन एयरको जहाजका यात्रु २३ वर्षीय चिनिया नागरिक लि निङसिङबाट ४ केजी सुन बरामद भएको हो ।

उनले कपडाको पेटीमा लुकाएर ल्याएको सुन जाँचको क्रममा फेला परेको थियो । उनले लगेजभित्र पेटीमा राखिएको सुन लुकाएका थिए  ।  बरामद सुन र निङसिङलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।