साउन २० काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा ‘सर्च कमिटी’ गठन गरिएको छ ।
सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरिएको हो । कमिटीको सदस्यमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा रहेका छन् ।
तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले ०७२ भदौ ७ गते नियुक्त गरेका हालका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँको कार्यकाल दुई साता पछि सकिदैछ ।
त्यसैले नयाँ उपकुलपति छनौटका लागि सिफारिस गर्नेगरी शिक्षा मन्त्रीको संयोजकत्वमा सर्च कमिटि गरिएको हो । सर्च कमिटीले सिफारिस गरेको व्यक्ति कुलपति एवम् प्रधानमन्त्रीले नियुक्त गर्नेछन् ।