सुनको बजार भाउ अहिलेसम्मकै महँगो

साउन १९ काठमाडौं – चाडपर्व सुरु हुनु अगावै नेपाली बजारमा सुनको मूल्य आकाशिने क्रम सुरु भएको छ ।

छापावाल सुनको बजार मूल्य आईतबार प्रतितोला ६६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार ६६ हजार ३ सय रुपैयाँ कायम गरेको हो ।

शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आईतबार प्रतितोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महंगो मूल्य भएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको लगानीकर्तामा आकर्षण बढेपछि नेपाली बजारको सुनको भाउ पनि आकाशिएको महासंघले जनाएको छ ।

सुनको बजारभाउ बढेपछि सुन किन्ने भन्दा विक्री गर्नेको भिड बढेको सुन व्यवसायीहरु बताएका छन् ।

तर चाँदीको मूल्य स्थिर अवस्थामा छ । चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।