साउन १९, काठमाडौं — मन्त्री बनेपछि पहिलो पटक संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समिति बैठकमा उपस्थित भएका मन्त्री भट्टराई भक्कानिएर रोएका छन् । संसदीय समितिको बैठकमा उनि निकै भावुक बने ।
२०४३ सालमा आफू गम्भीर विरामी भएर ६० दिन त्रिवि शिक्षण अस्पतालमा बसेको स्मरण गर्दा भट्टराई भावुक बनेका थिए । त्यसबेला डाक्टरले नै माया मारिसकेको तर, आफू निको भएर फर्कन सफल भएको बताएका थिए ।
विगतलाई सम्झैदै गर्दा उनी रोएका हुन् । अस्पतालमा रहँदा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल आएर सुम्सुम्याएको बताउँदा उनको गला अवरुद्ध भएको थियो । त्यसअघि बोलेका पूर्व प्रधानमन्त्री नेपालले भट्टराईलाई पर्यटन मन्त्रालयले गर्नुपने कामबारे सुझाव दिएका थिए ।
उनि मन्त्री बनेपछि पहिलो पटक संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समिति बैठकमा उपस्थित भएका थिए ।
तस्बीर — रासस