आज दिउँसो मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिदै

साउन १९, काठमाडौं – गत बिहीबार बिशेष कारणवस स्थगित भएकोे नेपाल सरकारको नियमित पत्रकार सम्मेलन आइतबार हुने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन आइतबार दिउँसो ३ बजे हुने जानकारी दिएका छन् । गत बिहीबारको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न प्रत्येक बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने गरेको छ ।