साउन १८, काठमाडौं – प्रा. डा. लालुप्रसाद पौडेल त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा गठन भएको सिफारिस समितिले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई पौडेलको नाम सिफारिस गरेको हो । त्यसैगरी हेमराज ढकाल सदस्यमा सिफारिस भएका छन् ।
कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएपछि तत्कालिन अध्यक्ष चैतन्य शर्मा सहितका पदाधिकारीहरुलाई अख्तियारले मुद्दा चलाएपछि त्रिवि सेवा आयोग रिक्त थियो ।
उत्त आयोग रिक्त हुँदा भदौ ४ देखि असोज १ गतेका लागि गरिएको विभिन्न विषयका उपप्राध्यापकको परीक्षा अन्योलमा परेको थियो ।
त्यसैका लागि गत साउन १४गते सरकारले शिक्षामन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।
प्रा. डा. लालुप्रसाद पौडेल त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा सिफारिस भएपछि यसको अन्यौलता कम भएको छ ।