साउन१८, काठमाडौं –विश्व चर्चित फुटबल खेलाडी मेस्सी ३ महिना खेल्न नपाउनेगरी प्रतिबन्धित भएका छन् ।
कोपा अमेरिका फुटबलका बारेमा टिप्पणी गरेका कारण अर्जेन्टिना फुटबल टिमका क्याप्टेन लियोनल मेस्सी अन्तर्रा्ष्ट्रिय फुटबल खेल्न नपाउने गरी ३ महिनाका लागि प्रतिबन्ध भएका हुन् ।
अन्तत्रराष्ट्रिय समाचार एजेन्सी विविसीका अनुसार प्रतिबन्धित मेस्सीले ५० हजार अमेरिकी डलर पनि जरिवाना तिर्नुपर्ने भएको छ । यदि मेस्सीले चाहेको खण्डमा ७ दिनभित्र अपिल गर्न सक्नेछन् ।
गत महिना ब्राजिलममा भईरहेको कोपा अमेरिका फुटबल खेललाई ‘भ्रष्ट’ भन्दै मेस्सीलले कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि निश्चित भएको टिप्पणी गरेका थिए । तत्पश्चात दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनलाई प्रतिबन्ध लगाएका हुन् ।
मेस्सीलाई अहिले उनको त्यो भनाई भारी भएको भएको छ ।
यही आगामी सेप्टेम्बर र अक्टुबर महिनामा अर्जे्न्टिनाको चिली, मेक्सिको र जर्मनीसँग मैत्रीपूर्ण खेल हुने तय भएको छ । तर मेस्सीको अपिल स्वीकृत नभए कुनै पनि खेल खेल्न पाउने छैनन् ।
अन्तर्रा्ष्ट्रिय रुपमा प्रतिबन्ध भएपनि क्लबको प्रतिष्पर्धामा भने मेस्सी भाग लिन पाउनेछन् ।