साउन १७, काठमाडौं— ३३ किलो सुन काण्डमा मुछिएका महावीर गोल्यान १० लाख धरौटीमा रिहा हुदै छन् । सर्वोच्चले १० लाख धरौटीमा गोल्यानलाई छाड्न आदेश दिएपछि रिहा हुन लागेका हुन् ।
तर गोल्यान बाहेकका अरुको हकमा भने विराटनगर उच्च अदालतले गरेको फैसलालाई सर्बोच्चले सदर गरेको छ । न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले उनीहरुका लागि यो फैसला गरेको हो ।
सुन काण्डका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेती भने जेलको हावा खाँदै छन् । त्यसैगरी विराटनगर उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगेका डिएसपी सञ्जयबहादुर राउत पनि हिरासतमै रहेका छन् ।
तर एसएसपी दिवेश लोहनी, एसपि विकास खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल भने थुनामुत्त छन् । उता धरौटीमा रिहा भएका महावीर गोल्यान भने अब थुना बाहिर बसेर कानुनी उपचार खोज्न सक्ने अनुमान गरिएको छ ।