राजदूत मोहम्मद मल्लिकीसंग नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

 

साउन १७, काठमाडौं —परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीसंग नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मल्लिकीसंग आज भएको शिष्टचार भेटघाटमा उनले आग्रह गरेका छन् ।

नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएकाले मोरक्कोका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न र चार महीनापछि शुरु हुने नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमणका निम्ति मोरक्कोका नागरिकलाई अभिप्रेरित गर्न मन्त्री ज्ञवालीले आग्रह गरका छन् ।