प्रतिनिधिसभा बैठक साउन २० गते सम्मका लागि स्थगित

साउन १५, काठमाडौं — नेत्र विक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दे असार २४ गतेदेखि नेपाली कांग्रेस र राजपाले पटक पटक संसद बैठक स्थिगित गर्दैै आएका छन् ।

आज बसको संसद बैठक पनि बिपक्षीको बिरोधका कारण स्थगित भएको छ । सूचना टाँसेर साउन २० गते सम्मका लागि बैठक स्थगित गरिएको हो ।