साउन १६, काठमाडौं — नवनियुक्त संकृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आफु मन्त्री भएसंगै आएको बधाई आफ्नो लागि चुनौती रहेको बताएका छन् ।
बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले भने ‘ मन्त्री भएसंगै धेरैे बधाइ मलाई प्राप्त भएको छ, त्यो बधाइ मेरो लागि निक्कै ठूलो चुनौती हो जस्तो मलाई लाग्छ । ती चुनौतीलाई सामनालाई अगाडि बढ्नु मेरो दायित्व हुने छ,’ ।
साथै उनले मन्त्रालयका कामकारबाही र विवादास्पद विषयहरुको जनतालाई सार्वजनिक गर्ने समेत घोषणा गरे ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको कामलाई तीव्रता दिने जानकारी उनले दिए । साथै सबैको सहमति जुटाएर निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको कामलाई पनि अगाडि बढाउने उनले बताए ।
भट्टराई बुधबार मन्त्री नियुत्त भएका थिए।