साउन १६,काठमाडौं — सूर्यबिनायक नगरपालिका वडा नम्बर .७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका गरेका छन् ।
प्रहरीको भनाई अनुसार सन्देशले आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुण्डिरहेको अबस्थामा बुबाले देखी पासो फुकाई मध्यपुर अस्पताल लगेका थिए ।
उनलाई अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए ।
शवको पोष्टहमार्टम पछि आफन्तलाई बुझार्ईएको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलले बताए ।