बच्चा जन्माउन नसक्दा सुत्केरीको मृत्यु

साउन १६,काठमाडौं — प्रसूतिका लागि हुम्लाको सर्केगाड स्वास्थ्य चौकीमा ल्याइएकी १ महिलाको मृत्यु भएको छ ।

वडा नम्बर ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटालाई बुधवार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो ।

अनरुपाले बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको बिहान १० बजे मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए ।

टमटालाई सुत्केरी व्यथा लागेपछि बुधवार बिहान ४ बजे प्रसूति गृहमा ल्याइएपनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले बताए ।

मृतक टमटालाई बुधवार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्य चौकीमा र्पुयाइएपनि स्वास्थ्य चौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुवैलाई बचाउन नसकिएको उनले जानकारी दिए ।