पोखरीमा डुबेर दाजु–बहिनीको मृत्यु

साउन १५, काठमाडौं — रौतहटमा पोखरीमा डुवेर एकै घरका दाजुबहिनीको मुत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा इँटाभट्टाको पोखरीमा डुबेर ११ वर्षीय अनिश साह र आठ वर्षीया कल्पना साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु सर्लाहीको हरीपुर नगरपालिका–४ का संजय साहका छोराछोरी रहेको प्रहरीले बताएको छ ।

मुतकको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ।