साउन १५, काठमाडौं — पहिरोको कारण ठप्प बनेको कर्णाली राजमार्ग चार दिनपछि सुचारु भएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाबाट गएको ईन्जिनियरको टोलीको सक्रियतामा राजमार्ग सुचारु भएको हो ।
राजमार्ग सुचारु भएसंगै साना सवारी साधनको आवतजावत सुरु भएको छ भने ठुलो सवारी साधन सञ्चालनका लागि भने सडक खन्ने कार्य जारी रहेको छ ।
सडक अवरुद्ध भएपछि सयाँै साना तथा ठुला सवारीसाधन थन्किएका थिए। हजारौंको संख्यामा यात्रु अलपत्र पर्नुका साथै त्यहाका उपभोक्ताहरुे खाद्य सामानहरु महंगोमा किन्न बाध्य थिए ।