साउन १५, काठमाडौं — संसद अवरुद्धका लागि प्रतिपक्षले अनावश्यक बिबाद झिकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आर्थिक वर्ष २०७६र०७७ को वार्षिक कार्ययोजना प्रस्तुती तथा कार्यन्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सांसक बैठक असफल बनाउने आफु सहमत नहुने बताएका छन् ।
उनले अगाडि भर्ने लोकतन्त्रको रक्षा गर्ने र समुचित ढंगले अघि बढाउने कुरामा वर्तमान सरकार दृढ छ ।’ साथै उनले अब मन्त्री र सचिवहरु बीचको सम्झौता भएर कामको गतिले तीब्रता लिने आफुले विस्वास लिएको समेत जानकारी गराए ।
सर्लाहीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको घटनालाई लिएर प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ ।