साउन १५, काठमाडौं — बुधबारको संसद बैठक विपक्षी नेपाली कांग्रेस र राजपाको नाराबाजी पछि अवरुद्ध भएको छ ।
सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपा सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।
बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए ।