नुवाकोटको वडा कार्यालयमा बम विस्फोट, सिन्धुपाल्चोकको वडा कार्यलयमा आगलागी

साउन १५,काठमाडौं — नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् ।
वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी)का अनुसार विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएका छन् ।

करिब रातको ११ः४५ बजेको समयमा आएका पाँच÷छ जनाको समूहले कार्यालयमा तोडफोड गरेर कागजात, कम्युटर, फर्निचर लगायतका सामग्रीको आगजनी गरी बम विष्फोट गराएको वडाध्यक्ष श्रेष्ठले बताए ।

वडा कार्यालय सार्वजनिक स्थलमा संस्थाले बनाएको दुईकोठे पक्की भवनबाट सञ्चालन हुँदै आएको थियो । ठूलो आवाजसहितको विष्फोटले उक्त भवनको ढलानसमेत फुट्न पुगेको प्रहरी चौकी ओखरपौवाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उता, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यलयमा आज बिहान आगलागी भएको छ ।आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए ।

आगलागी कसले ग¥यो भन्ने यकिन थाहा नभएको तर घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ । ताल्चा काटेर आगो लगाएको र काटेको ताल्चा र ह्याक्सो ब्लेट फेला परेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए ।

आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएकोे छ ।