साउन १५,काठमाडौं — विप्लव नेतृत्वको समूहले गए राति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।
विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला छ ।
प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग जलेको छ ।
त्यसैगरी, हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।