राष्ट्र बैंकको नयाँ नियम — अब बैंक तथा वित्तीय संस्थाको सिइओ आफैं छनोट गर्ने

साउन १४, काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को छनौट आफैंले गर्ने भएको छ ।
मंगलबार संघिय संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको सिइओ छनौट राष्ट्र बैंक आफैले गर्ने गरी मौद्रिक नीति तय गरिएको बताएका हुन ।

बैठकमा उनले नेपालले सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सिईयो बनाउँदा पनि नियमन गर्न नसकेको समेत बताएका छन् ।

त्यस्तै बैठकमा सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकले सिईयो नियुक्ति गर्दा पनि कार्वाही गर्न नसकेको बताए ।