रोनाल्डोलाई ’मार्का लिजेण्ड अवार्ड’

साउन १४  —  इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ’मार्का लिजेण्ड’ अवार्ड जितेका छन् ।

स्पेनिस क्लब रियल मड्रिडमा रहदा उनले गरेको योगदानलाई कदर गर्दै स्पेनिस पत्रिका मार्काले रोनाल्डोलाई अवार्ड प्रदान गरेको हो ।

३४ बर्षे रोनाल्डोलाई मार्काले सोमबार एक विशेष कार्यक्रममा अवार्ड प्रदान गरेको थियो ।

रोनाल्डोले रियलमा ९ बर्ष बिताएका थिए । तर, गत सिजन रोनाल्डो रियलबाट युभेन्ट्स आएका थिए ।

सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा रियल आएका रोनाल्डोले रियलका लागि ४३८ खेलमा रोनाल्डोले ४५० गोल गरेका थिए ।

पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोले सन् २००८,१३, १४ र १६ मा बालोन डी’ओर जितेका थिए ।

रोनाल्डोले रियलमा रहदा १६ मुख्य उपाधि हात पारेका थिए । जसमा ४ च्याम्पियन्स लिग, २ ला लिगा, ३ क्लब विश्वकप र ३ युरोपियन सुपर कप, दुई स्पेनिस सुपर कप र २ कोपा डेल रे रहेको छ ।

एजेन्सी