साउन १४, काठमाडौं — ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरण जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्चसम्म आइपुगेको मुद्धा सर्वोच्च अदालतद्धारा आज निर्णय हुँदैछ ।
न्यायाधीशद्धय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले निरन्तर सुनुवाई गर्दै यो मुद्धा निर्णय गर्न लागेको हो।
जिल्ला अदालतले मोरङले आरोपीतहरुलाई धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरु उच्च अदालत विराटनगर पुगेका थिए । तर उच्च अदालतले पनि धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरुले त्यस विरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।
२०७५ कात्तिक १२ देखि चैत २४ गतेसम्म आरोपीहरूले सर्वोच्चमा निवेदन दायर गरेका थिए। मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सुरुमा १२ आरोपीले सर्वोच्चमा निवेदन दिएका थिए। उनीहरुको निवेदनपछि अन्य प्रतिवादीहरु पनि सर्वोच्च आएका थिए।