साउन १४—वेल्स फरवार्ड ग्यारेथ बेलले स्पेनिस क्लब रियल मड्रिडको टिमबाट हात झिकेका छन् । प्रि–सिजन टूर अन्तर्गत रियल म्युनिख भ्रमणमा निस्केको समय बेल टिम बाहिर रहने भएका हुन् । चीनियाँ क्लब जाने प्रक्रियामा ब्रेक लागेपछि उनी टिम बाहिर बस्ने निर्णय लिएका हुन् ।
उनी रियल मड्रिडबाट खेल्नका लागि मानसिक रुपमा तयारी अवस्थामा नरहेको बताईएको छ । क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बेललाई चीनियाँ क्लब जियाङ्सु सुनिङ जान रोकेका थिए ।
गत हप्ता रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले ३० बर्षिया खेलाडीले चाँडै क्लब छाड्ने बताएका थिए । उनले बेलले क्लब छाड्नु दुवै पक्षका लागि राम्रो रहेको उल्लेख गरेका थिए ।
३३ पटकको स्पेनिस च्याम्पियनले बेलको पुर्व क्लब टोटेनहमसंग मंगलबार खेल्दैछ । उसले भ्रमणको दौरान बार्यन म्युनिख र फेनरबाचसंग समेत खेल्नेछ ।
टोटेनहमका लेफ्ट ब्याक ड्यानी रोसी टोटेनहमको टोलीमा सहभागी छन् । उनी नयाँ क्लबको खोजीमा रहदाँ प्रि–सिजनको एसिया टूरमा अनुपस्थित थिए ।
बेलले सन् २०१३ मा कीर्तिमानी मुल्य ८५ मिलियन पाउण्डमा टोटेनहमबाट रियल मड्रिड आएका थिए ।
उनको क्लबसंगको सम्झौता अझै ३ बर्ष बाँकी छ । उनले क्लबमा रहदाँ चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे, तीन युईएफए सुपर कप र तीन क्लब विश्वकप जितेका थिए ।
उनले पेनाल्टी र तीन गोल गरेर च्याम्पियन्स लिगको फाईनलमा रियलबाट गोल गरेका थिए । उनले सन् २०१४, २०१६, २०१७ र २०१८ को च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
उनले चोटका कारण पछिल्ला चार सिजन मात्र ७९ लिग खेलमा सुरुवाती सेटमा रहेर खेलेका थिए ।
उनले गत सिजन मात्र ४२ खेल रियल मड्रिडबाट खेलेका थिए । खेलाडी सरुवाको रकममा कुरा नमिलेपछि रियलले बेललाई चीनियाँ क्लब जान रोकेका थियो ।
एजेन्सी ।