साउन, १३ काठमाडौं — विपक्षी दल नेपाली कांग्रेस र राजपाले आज संसद बैठक अवरुद्ध गरेका छन् । सर्लाही घटनालाई लिएर छानविनको लागि संसदीय समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।
सोमबार बोलाइएको दिउँसो १ बजेको बैठकमा सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरु उठेर रोष्टम घेराउ गरे । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका छन् ।
विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको घटनालाई लिएर छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले संयुक्त रुपमा संसदमा अवरोध गरेका हुन् ।
सरकारले आत्मरक्षाको लागि गोली हानेको दाबी गरेकका कुमार पौडेलको शवको प्रकृति हेर्दा मारिएको व्यक्तिको तीन–तीन ठाउँमा हात भाँचिएको छ, दाँत झरेको उनीहरुले बताएका छन् । स्थानीयले पनि यस घटनालाई फेक इन्काउन्टर भएको बताएका थिए ।