साउन १३, काठमाडौं — गत वैशाखमा सम्पन्न कक्षा १२ को परिक्षााको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा (आज) सोमबार सार्वजनिक गर्ने भएको हो ।
बोर्डले बिगतको बर्षहरुमा बिज्ञान बिषयको नतिजा सुरुमा र अन्य बिषयको नतिजा पछि प्रकाशित गर्दै आइरहेको थियो तर यो बर्ष भने सबै बिषयको एकै पटक नतिजा प्रकाशन गर्न लागेको बोर्डले जानकारी दिएको छ ।
परिक्षामा मुलुकभरबाट चार लाख परीक्षार्थी सहभागी थिए ।