नेकपा भित्र विभाग बिबाद कायमै, अध्यक्षद्धय गृहकार्यमै व्यस्त

 

साउन १३, काठमाडौं — विभागको नेतृत्व र आयोगको जिम्मेवारी दिने विषयमा नेपाल कम्युनिष्ट पार्टी भित्र बिबाद चलिरहेको बेला अध्यक्षद्धय   केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयको बैठक स्थगित गरेर गृहकार्यमा जुटेका छन् ।

अन्य बिभागमा जिम्मेबारीको बिषय टुङो लागेपनि स्कुल विभागको बिबाद भने कायमै नै छ । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दावी गरेपछि पार्टीले कार्यविभाजनको टुंगो लगाउन छैन ।

बिभाग नेतृव्वको कार्यबिभाजनकाृ लागि आइतवार सचिवालयको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अस्वस्थ्य भएपछि स्थगित भएको थियो ।