शनिबारको दिन वालवालिकाको खुशी, गणेश मन्दिरको पोखरीमा डुबुल्की

साउन १२, काठमाडौं — वालापनको उमेरमा खुसी हुन केही चिज चाहिदैन । जे भेटियो त्यसैमा खुशी हुन्छन् । यहाँ अहिले केही बालकहरु यहाँको पोखरीमा रमाईरहेका छन् । यो ललितपुरको सैंठु स्थित गणेश मन्दिरको पोखरी हो । यो पोखरीको पानी धमिलो मात्रै हैन वर्षाको भलको भरिएको फोहर पानी पनि हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तर यो फोहर पानीमा रमाउने वालकहरु कम्ता खुशी छैनन् । अचाक्ली गर्मी वढेपछि वालक होस या युवा र तन्नेरी पुस्ता अथवा स्वीमिङ खेलेर या साँवरमा नुवाएर अथवा पानीमा भिजेर आन्नद लिने कोशिष गरिरहका हुन्छन् ।अहिले गर्मीको मौसम हो । गर्मीसंँगै मनसुन चलिरहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तराईमा जस्तो अचाक्ली गर्मि नभएपनि पछिल्ला समयमा काठमाडौमा पनि गर्मि वढेको महसुस सबैले गरिरहेका छन् ।गर्मीको समयमा शरीरमा पानीको मात्रा कमी हुँदा टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर आलश्य हुने निद्रा लाग्ने जस्ता समस्याहरु पनि देखा पर्दछन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

त्यसैले बालकदेखी युवा तन्नेरी र वृद्ध उमेरकाहरु पनि शरीरलाई चिसो बनाउने माध्यम खोखिरहेका हुन्छन् । विहान वेलुका नुवाउने मात्र हैन, दिउसै समय र फुर्सद पाए जो कोही पनि स्वीमिङ खेल्न र नुहाउन चाहान्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

शनिबारको दिन यहाँ जे देखियो, ललितपुरको सैंठु स्थित गणेश मन्दिरको पोखरीमा पौडी बालक र बालिकाहरु यसरी पौडी खेलेर रमाईरहेका छन् ।