राजपाको महाधिवेशन कात्तिक २८ गतेबाट सुरु

साउन १२, काठमाडौं — राष्ट्रिय जनशक्ति पार्टी (राजपा) नेपालको महाधिवेशन आगामी कात्तिक २८ गतेदेखि हुने भएको छ ।

पार्टीका अध्यक्ष मण्डल संयोजक राजकिशोर यादवले महाधिवेशनको तयारी शुरु भएको जानकारी दिएका हुन् ।

अध्यक्ष यादवले सरकारको कार्यशैली सन्तोषजनक नभएको बताउदै सुशासन र लोकतन्त्रका लागि लड्न नेपाली काँग्रेससंग कार्यगत एकता गर्ने बताए । बढ्दो प्राकृतिक श्रोत साधनको दोहनवाट तराई क्षेत्रमा बर्षेनी बाढीले तहसनहस वनाउने गरेकोले भारत सरकारसंग वाँध व्यवस्थापन गर्न सरकारले वार्ता गर्न ढिलाई गर्न नहुने उनले बताए ।

उनले सरकारले जनतामा विश्वास दिलाएर विधिको शाषण स्थापित नगरे देशव्यपी रुपमा आन्दोलनमा होमिने चेतावनी पनि दिए ।