कार्तिकसँग बाइकमा चढन सारालाई पैसा दिइएको

साउन १२ —   बलिवुड अभिनेत्री सारा अली खान र कार्तिक आर्यनबीचको अफ्येर्स अहिले चर्चामा रहेको छ ।

पछिल्लो पटक एक फेसन शोमा र्याम्पमा हिडेकी सारालाई साथ दिन कार्तिक पनि पुगेपछि उनीहरुको अफ्येर्सको चर्चा झन् बढेको हो । फेशन शो पछि मिडियासँग कुरा गर्दै साराले कार्तिकसँग काम गर्दाको अनुभव रमाइलो रहेको बताइन । उनले कार्तिकसँग बाइकमा चढन पैसा पाइरहेको प्रतिक्रिया दिएकी छन् ।

उनले भनिन् ’कार्तिकसँगको काम गर्दाको अनुभव रमाइलो भइरहेको छ । मलाई विश्वास भइरहेको छैन की मलाई कार्तिकसँग बाइकमा बस्नका लागि पैसा दिइएको छ । कुनै पनि युवती यस्तो गर्नका लागि जे पनि गर्न तयार हुन्छन् होला ।’

सारा र कार्तिक अहिले इम्तियाज अलीको फिल्म लव आजकल(२ मा व्यस्त रहेका छन् । उनीहरुले आफ्नो अफ्येर्सको बारेमा सार्वजनिक रुपमा केहि नभने पनि उनीहरुलाई विभिन्न ठाउमा सँगै घुम्दै गरेको देखिएको छ ।

केहि समय अघि सारा लखनउमा अर्को फिल्म पति पत्नी और ओ’ को सुटिंग गरिरहेका कार्तिकलाई भेट्न लखनउ पुगेपछि उनीहरुको सम्बन्धको बारेमा मिडियामा चर्चा भएको थियो ।

साराले एक अन्तर्वार्तामा आफु कार्तिक आर्यनसँग डेट गर्न चाहेको बताएपछि फिल्म निर्माताले दुवैलाई अहिले फिल्म अफर गरिरहेका छन् । सारा र कार्तिकको लव आजक(२ आगामी फेब्रुअरी १४ मा रिलिज हुदै छ ।

एजेन्सी