गुल्मीमा पहिरोले घर बगाउँदा एक जनाको ज्यान गयो

साउन १२, काठमाडौं — गुल्मीको कालीगण्डकी गाउँपालिका ७ मा पहिरोमा परि १ जनाको ज्यान गएको छ । घटनामा ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपक कुमार बस्नेतका अनुसार शनिवार राति परेको अविरल वर्षाका कारण वडा नम्बर ७ छापचौरका विष्णु परियारको घर पहिरोले बगाउँदा १३ वर्षीय छोरा चुन्ने परियारको मृत्यु भएको छ ।

पहिरोमा परेर घाइते हुनेमा २८ वर्षीया खिमा परियार, ३३ वर्षीय प्रदिप परियार, १२ वर्षीय साजन परियार, १ वर्षीया सोनी परियार र २५ वर्षीय भेष कुमार परियार रहेका छन् ।

उद्वारका लागी घटनास्थलमा अहिले पुर्तिघाट प्रहरी चौकी र भुर्तुङ प्रहरी चौकीको टोली खटिएको छ । थप विवरण आउन बाँकी छ ।