विप्लव समूहका कास्की सेक्रेटरी सुजन विक पक्राउ

साउन १२, काठमाडौं — नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विकलाई शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।
विकले आफू लडाकु कमाण्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेका थिए । सोही सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट केही थान मोबाइल सेट फेला परेको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेकोे बताएको छ ।

यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई पनि प्रहरीले पक्राउ गरको थियो । विकलाई केही दिनअघि मात्र सो समूहले कास्कीको नेतृत्व गर्ने गरी खटाएको बुझिएको छ ।