साउन ११,एजेन्सी — अर्जे्न्टिनाका विश्वचर्चित स्टार खेलाडी लियोनल मेस्सीले सन् २०१९ का खेलहरू गुमाउन सक्ने सम्भावना बढेको छ । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले कोपा अमेरिकाको दौरानमा मेस्मीले दिएको अभिव्यक्तिमाथि पून छानबिन सुरू गरेपछि कारबाही थपिने सम्भावना बढेको हो ।
मेस्सीले दिएको अभियव्यक्तिका कारण कन्मेबलले एक खेल प्रतिबन्ध र १५ सय डलर जरिवानाको सजया सुनाएको थियो । तर पून छानविन थालेको कन्मेबलले हदै सम्मको कारवाही गर्ने अन्तराष्ट्रिय सञ्चार माध्यममहरूले बताएका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले बताए अनुसार मेस्सीलाई ६ महिना सम्म राष्ट्रिय टोलीबाट खेल्न प्रतिबन्ध लाग्न सक्छ । यदी ६ महिनाको प्रतिबन्ध लागे सन् २०१९ का सबै खेल गुमाउनेछन् ।
सालिन स्वभावका मेस्सी विषयमा छानबिन गरिरहेको महासंघले आउँदो साता आफ्नो फैसला सुनाउनेछ । महासंघले मेस्सीमाथि कम्तीमा दुई महिनादेखि बढीमा ६ महिनासम्मको प्रतिबन्ध लगाउन सक्नेछन् ।
४६ औं संस्करणको कोपा अमेरिका फुटबल ब्राजिलले जितेको थियो । तर तेस्रो स्थानकालागि चिली विरूद्धको खेलमा रातो कार्ड पाएका मेस्सी आफ्नै अभिव्क्तिका कारण गम्भिर बिवादमा परे । केही दिन अघि मात्र आफ्नो अभिव्यक्ति आबेसमा भएको बताउँदै उनले लीखित रुपमा महासंघसँग माफी मागेका थिए । तर माफी मागे पनि महासंघले पुनः मेस्सीविरुद्ध छानबिन अघि बढाएको हो ।
एक खेलको प्रतिबन्ध र १५ सय डलर जरिवाना चिलीविरुद्धको खेलक्रममा पाएको रातो कार्ड र ‘अभद्र व्यवहार’का लागि मात्र रहेको महासंघले जनाएको छ । क्लब फुटबलमा सफल मानिएका मेस्सी कोपा अमेरिका फुटबल पछि आफ्नै कारण विवादमा तानिएका छन् ।