समावेशी आयोगका अध्यक्षले दिए राजीनामा

साउन ११, काठमाडौं — नियुक्त भएको चार महिनामै समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन् ।
उनले आइतबारदेखि लागू हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका छन् ।
उनि चैत ७ गते  समावेशी आयोगको अध्यक्ष नियुक्त भएका थिए । उनले घरायसी कारण देखाउदै राजीनामा दिएका हुन् ।