जिम्मेवारी दृढता पूरा गरेमात्र पार्टी एकता सार्थक हुनेः प्रचण्ड

साउन ९,काठमाडौ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले जनताले दिएको जिम्मेवारी दृढता पूरा गरेमात्र पार्टी एकता सार्थक हुने बताएका छन् ।

कम्युनिस्ट संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृतिको अवसरमा नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकता अवसर र चुनौती दुबै भएको बताए । त्यसैले जनताले सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिएको भन्दैे त्यसलाई बुद्धिमता ढंगले पूरा गर्नुपर्ने दायित्व नेकपाको रहेको बताए ।

प्रचण्डले जनताले दिएको यो अवसर पार्टी एकतालाई पूर्णता दिएर र सरकारको कामलाई प्रभावकारी बनाएर गुणत्मक रुपमा जनताको मन जितेर मात्र पूरा गर्न सकिने बताए ।

सोही अबसरमा प्रचण्डले भने ‘पार्टी एकताको माथिदेखि तलसम्मको कार्यक्रमलाई अन्तिम चरणमा र्पुयाएका छौं, यसै महिनाभित्र स्थायी समिति र केन्द्रीय समितिको बैठक सकाएर भदौबाट पार्टीका नीतिबारे जानकारी गराउन र सरकारका कामलाई अझ प्रभावकारी बनाउने प्रयास बढेको छ,’।