नेकपामा विभाग नेतृत्वको बिबाद बढ्दै, सचिवालय बैठक आज पनि स्थगित

साउन ९, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि स्थगित भएको छ ।

नेकपामा विभागहरुको नेतृत्वको विषयमा कुरा मिल्न सकेको छैन । अन्य विभागहरुको विषयमा असमझदारी बाहिर नआए पनि स्कुल विभागको विषयमा भने पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेलले दाबी गरिरहेका छन् ।

स्कुल बिभागमा नारायणकाजी श्रेष्ठ र घनश्याम भुसाल लगायतका नेता पनि सो विभागको नेतृत्वको लागि अघि सरेका छन् ।

साउन ५ गते बसेको सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोकेको थियो । सोही बैठकले विभागहरुको नेतृत्व पनि टुंग्याउने बताइए पनि ७ गतेका लागि बैठक स्थगित गरिएको थियो । तर आजको बैठक पनि स्थगित भएको छ ।

नेकपाका ३२ केन्द्रीय विभाग छन्। जसमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ विभागको नेतृत्व गर्ने समझदारी भएको छ ।