साउन ९, काठमाडौं — श्रृखलाबद्ध महिलामाथि काँटी आक्रमण गरेको आरोपमा पक्राउ परेका सन्तोष कार्की ३ लाख धरौटी छुटेका छन् ।
उनलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको हो ।
धरौटीमा छुटे लगतै प्रहरीले उनलाई फेरि पक्राउ गरेको छ । महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।
कार्की १२ असारमा पक्राउ परेका थिए । उनले बयानमा पकनाजोल, डल्लुलगायतका क्षेत्रमा चार जनामाथि काँटी तथा तिखो वस्तुले आक्रमण गरेको स्वीकारेका थिए ।