साउन ९, काठमाडौं — एन आई सी एशिया बैंक लिमिटेड ‘द इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)’ ले प्रदान गर्ने उत्कृष्ठ ‘वित्तीय प्रतिवेदन अवार्ड २०१८’ बाट सम्मानित भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आइक्यानद्वारा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरे ।
आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ ।