भारत र नेपालबीच कूटनीतिक पहलबाटै डुबानको स्थायी समाधान खोज्नुपर्ने देउवाको भनाई

साउन ८, काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गरेर मधेशका बस्ती डुबान हुनबाट रोक्नुपर्ने बताएका छन् ।
तिनिधिसभा संसदको बुधबारको बैठकमा बोल्दै देउवाले भने, ‘भारतसँग कूटनीतिक पहल गरेर डुबानको स्थायी समाधान खोज्नुर्पयो। हामी एक भएर समस्याको समाधान खोज्न लाग्नुपर्छ, यहाँ राजनीतिक गर्ने कुरै छैन।’
तराईमा बस्तीहरू डुबानमा परेको र पहाडमा पहिरोले जनधनको क्षति भए पनि सरकार गम्भीर नभएको देउवाले आरोप समे.त लगाए ।