साउन ९, काठमाडौं — मुलुकका विभिन्न स्थानमा बाढी पहिरोमा विस्थापित भएकाको उद्धार तथा राहत वितरणमा सहयोग गर्न भन्दै १० दिनका लागि स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
असार ३० गते बस्ने भनिएको बैठक आवश्यक सहयोग, वेपत्ता परिवारको खोजी, उद्धार र राहतमा आवश्यक सहयोग, समन्वय र अनुगमन गर्न सांसदहरुलाई जिल्ला जान भन्दै सूचना टाँसेर आजका लागि सारिएको थियो । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण मुलुकका विभिन्न भाग डुबानमा परेको भन्दै छलफलको माग सहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।
१० दिन पछि आज १ बजे प्रतिनिधि सभाको बैठक बस्दै
