साउन ७ , काठमाडौ — नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका दुई स्थानीय नेताहरु पक्राउ परेका छन् ।
आज दिउँसो प्रहरीले जिल्ला सदस्य नेत्रबहादुर थापा र युवा सङ्गठनका जिल्ला सचिव विष्णुकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार थापालाई व्यास नगरपालिका–२ स्थित गणेशमान चोकबाट र श्रेष्ठलाई व्यास नगरपालिका–३ स्थित मालपोत लाइनबाट पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट पार्टीका पर्चा पम्पप्लेटलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।