साउन ७,काठमाडौं — सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकपको एशिया स्तरको छनौट खेल अन्तर्गत नेपालले खराब सुरुवात गरेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित भयो ।
नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।
कतारको जितमा इनाम उल हकले सर्वा्धिक ४१ रन बनाए । कम्रान खानले २२ रन जोडे । त्यस्तै जाहिर इब्राहिमले १२ रन जोड्दा मुहमद तानभिरले ११ रन बनाए । त्यस्तै नोमान सरवारले १५ र मुहमद रिजलानले ९ रन बनाएका थिए ।
नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए पनि उनी महँगो साबित भएका थिए । सन्दीपले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै करण केसीले ४ ओभरमा १८ रन दिएर एक विकेट लिएका थिए । त्यस्तै बसन्त रेग्मीले आफ्नो ४ ओभरमा विकेट नलिए पनि केवल १४ रन दिएका थिए । त्यस्तै अविनाश बोहोराले ४ ओभरमा २० रन दिएका थिए ।
यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै १२२ रन मात्र बनाएको थियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वा्धिक ३४ रन बनाएका थिए । त्यस्तै कप्तान पारस खड्काले १७ बलमा २८ रन बनाएका थिए भने ज्ञानेन्द्र मल्लले २४ बलमा २३ रन बनाएर आउट भएका थिए । त्यस्तै शरद भेस्वाकर १३ बल खेलेर ७ रन बनाउदै आउट भएका थिए ।
त्यस्तै सोमपाल कामीले ११ रन बनाए भने विनोद भण्डारीले ३ रन बनाएका थिए । त्यस्तै करण केसीले ४ र सन्दीप लामिछानेले ५ बलमा ९ रन बनाएर आउट भएका थिए । त्यस्तै बसन्त रेग्मीले एक रन बनाए भने अविनाश बोहोरा र ललित राजबंशीले शुन्य मै रहे ।
त्यस्तै कतारका बलर इकवाल हुसैनले सर्वा्धिक ३ विकेट लिए भने तमूर सैजाद र नुमान सरवरले २(२ विकेट लिए भने इनाम उल हकले एक विकेट लिएका थिए ।
अब नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार खेल्नेछ । त्यस्तै कुवेतसँग शनिबार र नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् ।
फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । अंकविहीन नेपाल तालिकाको पुछारमा रहेको छ ।